कविता : हाम्रो पथरी - Crazysaptahik.com

कविता : हाम्रो पथरी

– छवि धिमिरे

भुल्के देवी शिरमा हाम्रो,
हरियाली वन
स्वर्गजस्तै हाम्रो पथरी
रमाउँछ मन
आफनै पौरख खाई बाच्ने
सबैजात–जाति
प्राकृतिकको संरचना
पथरीबासी माथि
ईन्द्रेणीका रंगहरुले
चुमेका हुन् घर
गोधुँलीमा चम्कदछौँ

सबै वरपर
विद्यालय पाटिपौवा
संघ संस्थाहरु
शिवालय मन्दिरहरु
बनेका हुन् अरु
हाम्रो पथरी राम्रो पथरी
हामी पथरीबासी
जाँदा पनि जतिखेर
हिड्छौँ हाँसी–हाँसी
उँभो परको भुल्केदेवी
तल वुद्ध चोक
टाढा जानु पदैन है
पाउँछु सबैथोक
भुल्केदेवी शिरमा हाम्रो ।
हरियाली वन
स्वर्ग जस्तै हाम्रो पथरी
रमाउँछु मन
– पथरीशनिश्चरे–१, शिखर चोक (मोरङ)

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.