पति साथैमा हुदा कस्ले, कहाँ लगे यी महिलालाई - Crazysaptahik.com

पति साथैमा हुदा कस्ले, कहाँ लगे यी महिलालाई

मोरङ- मोरङको पथरीशनिश्चरे नगरपालिका ७ लामाटोलीमा बस्दै आएकी २८ बर्षिय मोनिका राई (अनु) हराएपछि उनको चार छोराछोरी विचल्नीमा परेका छन् ।

अनुको तीन छोरी र एक छोरा छन । उनी मोरङको पथरीशनिश्चरे नगर स्थित पथरी अस्तपाल मुनि रहेको क्यान्टिनमा काम गर्दै आएकी थिइन । उनी ३२ बर्षिय पति मानोज राई र दाजु अर्जुन, भाई उमेश परिवारमा सँगै बस्दै आएकी थिइन ।

काम गर्न क्यान्टिन गएकी अणु साउन २९ गते मंगलबार घर फर्किनन । भोली पल्टदेखि पति मनोज, दाजु अर्जुन र भाई उमेश लगायतका आफन्तहरुको खोजि गर्ने काम निरन्तर रहेको छ ।

‘घरबाट हिडेपछि एक पटक फोन लागेको थियो, धरान लिन आउनु भनेपछि त्यहाँ पुग्दा फोन आफ भयो ।’ पति मनोज भन्छन ‘आमा हराएपछि चार जना छोराछोरीको विचल्नी भयो ।’

लेखपढ नभएका अणुलाई फोन रिसिभ र कल गर्नसम्म मात्र आउछ । कस्ले, कहाँ लगे यी सोझी अणु (मोनिका राई)लाई । माजदुरी काम गरेर छोराछोरी पाल्दै आएका पति मनोज भन्छन ‘मोनिका छोराछोरीको बिजोग भयो, घर फर्की आउ, केहीसँग हिडेकै भएपनि एक पटक सम्पर्कमा आउ ।’ भेट्नु, देख्नुहुने महानुभावहरुले मोरङको इलाका प्रहरी कार्यालय पथरीमा बुझाइदिन पति मनोजको अनुरोध छ ।
संखुवासभाको खाँदबारी स्थायी घर भएका मोनिका र मनोज केही बर्ष बेलबारी पछि पथरीशनिश्चरे लामाटोली आएर ससुराली नजिकै बस्दै आएका थिए ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.