पथरीशनिश्चरे ३ मा मुढा उत्पादन तालिम - Crazysaptahik.com

पथरीशनिश्चरे ३ मा मुढा उत्पादन तालिम

क्रेजी संवाददाता
पथरी । पथरीशनिश्चरे– ३ मा लघु उद्यमीको विकासका लागि सञ्चालित मुढा उत्पादन तालिमको प्रभावकारिताको शुक्रबार अनुगमन् गरिएको छ ।

नगर उपप्रमुख एवम योजना अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा वडा नम्बर ३ का अध्यक्ष डम्बरबहादुर चेम्जोङ, कार्यपालिका सदस्य मायामेगी गुरुङ, लघु उद्यम विकास शाखा प्रमुख हेमचन्द्र दहाल, लघु उद्यम सहजकर्ता भगवती कटुवाल सहितले तालिमको प्रभावकारिता अनुगमन् गर्नुभएको छ । कार्यक्रममा नगर उपप्रमुख वास्तोलाले महिलाहरुले घरायसी कामसँगै यसखाले उद्यम गरेर आय आर्जन गर्न सक्ने बताउनुभयो ।

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सो वडाका ७ जना महिलाका लागि १५ दिने मुढा उत्पादन तालिम सञ्चालन गरेपछि प्रशिक्षार्थीबाट निर्मित मुढाको अवलोकन तथा अनुगमन् गरिएको हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.