नगरद्वारा सजकता अपनाउन नवरवासीमा अनुरोध - Crazysaptahik.com

नगरद्वारा सजकता अपनाउन नवरवासीमा अनुरोध

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा पछिल्लो समयमा कोरोना भाइरस संक्रमितको संख्या पुनः बढ्न थालेपछि नगरपालिका कार्यालयले थप स्वास्थ्य सजकता अपनाउन नगरवासीमा अनुरोध गरेको छ ।

नगर प्रमुख दिलीपकुमार राईले कोरोना संक्रमितको संख्या बढेको तथ्यांक आएपछि नगरवासीमा अनिवार्य मास्क लगाई भिडभाड नगरी भौतिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने र सेनिटाइजरको प्रयोग गर्ने बारेमा सुझाउनु भएको छ । व्यवसायीहरुले पनि आफ्नो पसल एवम् व्यवसाय सञ्चालनका क्रममा मास्क, भौतिक दूरी कायम गराएर सेनिटाइजरको व्यवस्थापन गर्दै व्यवसायी र सेवाग्राही दुवै पक्षले सजकता अपनाउनु बाहेकको विकल्प नरहने उहाँले जनाउनु भयो । कोरोनाको खोप सरकारले क्रमिक रुपमा व्यवस्थापन गर्ने भएपनि स्वास्थ्य सतर्कता अपनाउने कुरा कसैले भुल्न नहुने उहाँले वताउनु भयो ।

हिजो संकलन भएको ८८ जनाको स्वाबको पीसीआर परीक्षणमा ६० जनामा कोरोना संक्रमणको देखिएको रिपोर्ट आज आएको स्वास्थ्य संयोजक मुरारी आचार्यले जनाउनु भयो । गत चैतयता हालसम्म १ हजार ३ सय ७२ जनाको पीसीआर परीक्षणमा ५ सय ५९ जनामा र ४ सय ३२ जनाको एन्टिजिन परीक्षणमा १४ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोनाबाट २ दर्जनको संख्यामा नगरवासीको मृत्यु भएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.