लायन्स क्लब अफ कानेपोखरीद्वारा सहयोग - Crazysaptahik.com

लायन्स क्लब अफ कानेपोखरीद्वारा सहयोग

क्रेजी संवाददाता
कानेपोखरी । मोरङको कानेपोखरी–४ हात्तिडुब्बा निवासी अशक्त  दलबहादुर (नारायण) बस्नेतलाई थप उपचारको लागि लायन्स क्लब अफ कानेपोखरीले सहयोग गरेको छ ।

मंगलबार लायन्स क्लब अफ कानेपोखरीका सदस्यहरु अशक्तको निवासमै पुगी १६ हजार ५ सय सहयोग गरेको हो । गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले रकम हस्तान्तरण गरेका थिए । लायन्स क्लबका चरण गुरुङ, डिल्ली फुयल, उमेश पौडेल, एबिन पाठक, दान ब बस्नेत, कृष्ण दवाडी, गणेश सुवेदी, रोशन तिम्सिना, भोला अधिकारी र सुशिल बुढाथोकी लगाएतले सो बराबरको रकम संकलन गरी हस्तान्तरण गरेको हो ।

यसैगरी यस अघि बि एण्ड बि कन्ट्रकशन संचालक युवा नेता भोजकुमार श्रेष्ठले घरमै गएर रु ५ हजार सयोग हस्तान्तरण गरेको छ । राष्ट्रिय युवा संघ नेपाल कानेपोखरी संयोजक अशोक फुयलले २५ सय, समाजसेवी गोविन्द(बवि)अधिकारीले ३ हजार र ६ नम्बर वडाध्यक्ष खड्ग बस्नेतले १ हजार गरी जम्मा ६ हजार ५ सय रुपैया यस अघि नै हस्तान्तरण भएको छ ।

स्थानीय नगरेन्द्र बस्नेतले दलबहादुर(नारायण)बस्नेतको तस्विर सामाजिक सञ्जालमा सहयोगको अपिल गर्दै पोष्ट गरेपछि सहयोग जुट्न थालेको छ । वस्नेत गत असार २३ गते साइकलमा दुर्घटना भएको थियो । दाइने घुडाँ भाँचिएपछि उपचार गराउँदै आएको थियो । निम्न आर्थिक अवस्थाका उनका परिवारले लिम्बु आयुर्वेद केन्द्र दमकमा उपचार गराउँदै आएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.