इंग्ल्याण्डले जित्यो टी–२० सिरिज - Crazysaptahik.com

इंग्ल्याण्डले जित्यो टी–२० सिरिज

घरेलु टोली इंग्ल्याण्डले पाकिस्तानविरुद्धको टी–२० सिरिज आप्नो पक्षमा पारेको छ । मंगलबार राति भएको तेस्रो तथा अन्तिम टी–२० मा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै इंग्ल्याण्डले सिरिज २–१ ले जितेको हो ।

पहिलो खेल हारे पनि इंग्लयाण्डले लगातार दुई खेल जितेको हो। म्यानचेष्टरमा पाकिस्तानले दिएको १५५ रनको लक्ष्य इंग्ल्याण्डले १९.४ ओभरमा ७ विकेट गुमाएर पूरा  ।

इंग्लयाण्डका लागि ओपनर ज्यासन रोएले ३६ बलमा १२ चौका र एक छक्का मद्दतमा सर्वाधिक ६४ रन बनाए । यस्तै डेविड मलानले ३१ रन योगदान गरे । पाकिस्तानमा मोहम्मद हाफिजले तीन विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ओपनर मोहम्मद रिजवानको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो ।

विकेटकिपर जवानले ५७ बल खेल्दै पाँच चौका र तीन छक्का मद्दतमा अवजिति ७६ रन बनाए । फकार जमानले २४ रन जोडे । बलिङमा इंग्ल्याण्डमा एदिल रसिदले चार विकेट लिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.