पहिलो अडिसनबाट मिस कोशीमा १७ जना छनौट - Crazysaptahik.com

पहिलो अडिसनबाट मिस कोशीमा १७ जना छनौट

क्रेजी संवाददाता
विराटनगर । छैठौं संस्करणको मिस कोशी प्रतियोगिताकोमा पहिलो चरणको अडिसनबाट १७ जना युवतीहरु छनौट भएका छन् ।

विराटनगर र इटहरीमा भएको पहिलो चरणको अनलाइन र भौतिक रुपमा लिएको अडिसनमा ३१ जना किशोरी सहभागी भएका मध्ये १७ जनालाई फाइनलको लागि छनौट गरिएको हो ।

जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा हुन लागेको प्रतियोगिताको विराटनगरमा भएको पहिलो अडिसनमा विराटनगर १५ जना सहभागी थिए भने इटहरीमा १६ जनाको सहभागी रहेको जय मिडिया म्यानेजमेन्ट प्रालिका चियरमेन जय राज रायले जानकारी दिए ।

प्रतियोगिताको दोस्रो र तेस्रो चरणको पनि अडिसन पनि हुने भएको छ । दोस्रो अडिसन विराटनगरमा साउन १५ र १६ गते इटहरीमा हुनेछ । कोभिड १९ को कारणले आयोजकले स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्दै अडिसन गर्दै आएको सिइओ निशा खतिवडाले जानकारी दिइन् । फाइनलमा ३० देखि ३५ जना किशोरी छनौट गरिने आयोजकले तयारी गरेको छ । प्रतियोगिताको बिजेताले स्कुटी र विभिन्न गिफ्ट ह्याम्परको साथै पोखरा टुर पनि प्राप्त गर्नेछन् ।

सम्बन्धित खवर