माइतीघर नेपाली नारी म्यारीड ग्रुपद्वारा आश्रमलाई सहयोग - Crazysaptahik.com

माइतीघर नेपाली नारी म्यारीड ग्रुपद्वारा आश्रमलाई सहयोग

ईस्वर दुलाल
पथरीशनिश्चरे । पथरी–इटहरी लगायत विभिन्न स्थानका नारीहरुद्वारा संचालित माइतीघर नेपाली नारी म्यारीड ग्रुप नामक फेसबुक ग्रुपको पहिलो वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवमाको अवसरमा गु्रपले बाल आश्रमलाई सहयोग गरेको छ ।

ग्रुपले ईटहरी–४ सुनसरीमा अवस्थित निसहाय बालबालिका सेवा आश्रमका ४१ जना बालबालिकालाई ग्रुपले अति आवश्यक सामाग्री वितरण गरेको हो । ग्रुपले शनिबार आश्रमका बालबालिकाहरूलाई अति आवश्यक खाद्यान्न सामग्री, जुत्ता चप्पल सहयोग स्वरुप प्रदान गर्दै प्रथम वार्षिकोत्सव मनाएको थियो । वार्षिकोत्सवमा केक काटेर तथा आश्रमका बालिकाहरूलाई मेहेन्दी चुरा लगाई श्रावन महिना लागेको अनुभूति गराउदै भव्यताका साथ मनाईको ग्रुपकी सदस्य पबित्रा ढुङ्गानाले (पौडेल) जानकारी दिनुभयो ।

सामाजिक सेवामा सदैव तत्पर रहने तथा सामाजिक संजाल फेसबुक मार्फत् सेवा प्रदान गरिरहेको माइतीघर नेपाली नारी म्यारीड ग्रुप नामक फेसबुक ग्रुपका सदस्यहरुप्रति आभार प्रकट गर्दै आश्रमका संस्थापक गीता गौतमले ग्रुपलाई प्रथम वार्षिकोत्सवको शुभकामना दिनुभयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.