संक्रमण अत्यधिक फैलिएको भन्दै इटहरी उपमहानगरपालिका बन्द - Crazysaptahik.com

संक्रमण अत्यधिक फैलिएको भन्दै इटहरी उपमहानगरपालिका बन्द

क्रेजी संवाददाता
इटहरी । नयाँ भेरियन्ट सहित कोभिड १९ को संक्रमण महामारीका रुपमा फैलिएकाले इटहरी उपमहानगरपालिका र वडा कार्यालयहरु बन्द गरिएको छ ।

संक्रमण रोकथाम तथा नियन्त्रणका लागि साउन १२ गते देखि साउन १८ गते सम्म गते सम्म नगर कार्यपालिका र वडा कार्यालयहरुका सेवा बन्द गरिएको हो । इटहरी क्षेत्रभित्र संक्रमण फैलिरहेको र जोखिम कायमै रहेकोले कार्यालय बन्द गर्नु परेको प्रमूख प्रशासकीय अधिकृत सुर्य प्रसाद सुवेदीले जानकारी दिए । उनले भने” उपमहानगरपालिका तथा वडा कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोरोना सक्रमण पोजेटिभ देखिको छ, केही कर्मचारीहरुमा कोरोना सग मिल्दोजुल्दो लक्षणहरु पनि देखिएकाले बन्द गर्नु परेको हो ”

आन्तरिक कार्य तथा अत्यावश्यक सेवाहरू अस्पताल तथा स्वास्थ्य सेवा, एम्बुलेन्स सेवा, सरसफाई तथा फोहोरमैला व्यवस्थापन सेवा, दमकल सेवा, भेटनरी सेवा भने सञ्चालन हुने जनाइएको छ ।

सम्बन्धित खवर