एभर्टन छाडेर टोटनहममा रिचार्लिसन - Crazysaptahik.com

एभर्टन छाडेर टोटनहममा रिचार्लिसन

ब्राजिलियन खेलाडी रिचार्लिसनलाई भित्र्याउने बारे एभर्टनसँग टोटनह्याम हटस्पर्सले सहमति गरेको छ । स्पर्सले रिचार्लिसनका लागि ५ करोड पाउन्डको आसपास खर्च गर्न सहमत भएको हो । क्लबले रिचार्लिसनसँग व्यक्तिगत शर्तहरुबारे सहमति गरिसकेको छ । त्यसैले अनुबन्धको प्रक्रिया बिहीबारसम्म टुङ्गिने बीबीसीले जानकारी दिएको छ ।

२५ वर्षीय फरवार्ड सन् २०१८ मा ५ करोड पाउन्डमा वाटफोर्डबाट एभर्टनसँग आबद्ध भएका थिए । त्यसयता मर्सिसाइड क्लबका लागि उनले १५२ खेलमा ५३ गोल गरिसकेका छन् । गत सिजन रेलिगेसनबाट बच्दा उनी क्लबका सर्वाधिक गोलकर्ता थिए । ब्राजिलका लागि कोपा अमेरिका र ओलम्पिकमा प्रतिनिधित्व गरेका उनले क्लबका लागि १० गोल गरेका थिए ।

जसमध्ये ६ गोल उनले सिजनको अन्तिम ९ खेलमा गरेका थिए । एभर्टन १६ औँ स्थानमा सीमित बन्दै रेलिगेसन क्षेत्रबाट मात्र ४ अङ्कले जोगिएको थियो । च्याम्पियन्स लिगमा छनोट भएको स्पर्सले यो सिजन गोलकिपर फ्रेसर फ्रोस्टर र मिडफिल्डर येभ्स बिसुमालाई अनुबन्ध गरिसकेको छ ।

सम्बन्धित खवर