स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा बिहीबार राति लिथुनियाका रिकार्डस बेरान्किसलाई हराउँदै नाडालले तेस्रो चरणमा प्रवेश गरेका हुन् । नाडालले रिकार्डसमाथि ६–४,६–४,४–६ र ६–३ को सेटमा जित निकाले ।
नाडालको यो ३ सय ७ औं ग्रान्डस्लाम जित हो । नाडालले दुई पटक विम्बल्डनको उपाधि जितेका छन् । महिलातर्फ विश्व नम्बर एक इगा स्वेटेक र सिमोना हालेपले समेत तेस्रो चरणमा स्थान बनाएका छन् ।