भारतकी स्टार खेलाडी सानिया मिर्जा र मेट पाविक विम्बल्डनको सेमिफाइनलमा प्रवेश गरेका छन् । भारत र क्रोएसियाको जोडीले मिक्सड डब्ल्सको क्वार्टरफाइनल खेलमा रोमाञ्चक जीत हासिल गरे । उनीहरुले चौथो वरीयता प्राप्त ग्याब्रिएला डाब्रोवस्की र जोन पीयर्सलाई सीधा सेटमा पराजित गरेका हुन् । यस जीतका लागि उनीहरुले ठूलो संघर्ष गर्नुपरेको थियो ।
मिर्जा र पाविकको जोडीले अन्ततः डाब्रोवस्की र पीयर्सको जोडीलाई ६–४, ३–६ र ७–५ ले हराउन सफल भए । यो प्रतिस्पर्धा १ घण्टा ४१ मिनेटसम्म चलेको थियो । सानियाको यो अन्तिम विम्बल्डन हो । ३५ वर्षीया खेलाडीले यसअघि नै २०२२ सिजन उनको करियरको अन्तिम सिजन हुने बताइसकेकी छन् ।
मिर्जाले सन् २०१६ मा अन्तिम पटक ग्राण्ड स्लाम उपाधि जितेकी थिइन् । अस्ट्रेलियन ओपनको वुमन डबल्स इभेन्टमा उनी च्याम्पियन बनेकी थिइन् । सन् २०१५ मा उनले विम्बल्डनको डबल्सको उपाधि जितेकी थिइन् । सानियाको नाममा सातवटा ग्रान्ड स्लाम उपाधिहरू रहेका छन् ।