काँकडभिट्टामा सशस्त्र र नेपाल प्रहरीबीच झडप - Crazysaptahik.com

काँकडभिट्टामा सशस्त्र र नेपाल प्रहरीबीच झडप

क्रेजी संवाददाता
झापा । झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच झडप भएको छ । झापाको मेचीनगर नगरपालिका स्थित काँकडभिट्टामा नाकामा बुधबार राति दुई सुरक्षा निकायबीच झडप भएको स्रोतले जनाएको छ ।

नेपाल प्रहरीले सुपारी पठाउन खोज्दा सशस्त्रले रोकेपछि विवाद हुँदा दुई सुरक्षा निकायबीच झडप भएको बताइएको छ । नेपाल प्रहरीले तस्करसँगको मिलेमतोमा सुपारी पठाउन खोज्दा सशस्त्रले रोकेको र त्यसक्रममा नेपाल प्रहरीले सशस्त्रमाथि हातपात गरेको बताइएको छ । तर, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले त्यस्तो नभएको बताएका छन् ।

महतोका अनुसार सुपारी तस्करलाई नेपाल प्रहरीले पक्राउ गरेको र त्यहाँ सशस्त्र प्रहरी आएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई जवानबीच सामान्य विवाद भएको हो ।

सम्बन्धित खवर