क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरका अपाङ्गता भएकाहरूका लागि संचालित मखमल जुत्ता चप्पल सम्वन्धी १५ दिने तालिम विहिबार सम्पन्न भएको छ ।
नगर उपप्रमुख देवीमाया काफ्लेको अध्यक्षताको तालिम समापन कार्यक्रममा बोल्दै नगर प्रमुख मोहनप्रसाद तुम्वापोले अपाङ्गता भएकाहरूको पुनर्स्थापनाका लागि यसखाले कार्यक्रमलाई नगरले प्राथमिकता दिने बताउनुभयो ।
वडा नम्बर १ को सुनाखारी माद्यामिक विद्यालयंमा संचालित कार्यक्रममा, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, प्रशिक्षक चम्पा नेपाल सहितले मतब्य व्यक्त गर्नुभयो ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, करुणा फाउन्डेसन र नगरपालिकाको लागत साझेदारीमा संचालनमा रहेको अपाङ्ता भएकाहरूको पुनर्स्थापना कार्यक्रम अन्तर्गत २ लाख १० हजार रूपैयाँको लागतमा २५ जनाका लागि यो तालिम प्रदान गरिएको महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले जानकारी गराउनुभयो ।