विवाह भएको २० दिनमै श्रीमती गायव - Crazysaptahik.com

विवाह भएको २० दिनमै श्रीमती गायव

ईस्वर दुलाल
पथरी– मिठो सपना देखेर अग्नी साँची राखी विवाह गरेर ल्याएकी श्रीमती कहाँ गईन् अत्तोपत्तो छैन ।

घर धरान, आमाजु दिदी (श्रीमानको दिदी) को घरमा खाना खानलाई निम्ता आए पछि श्रीमान् चिरन्जीवी रम्तेल र श्रीमती सरस्वती सार्की इटहरी आए । इटहरीमा दिदीकोमा विवाहको बेला सुन छाडिएको छ म लिएर आउछु तपाई यही बस्दै गर्नुस् भनेर श्रीमानबाट छुटेकी सरस्वती आज ६ दिन वितिसक्दा पनि फर्केकी छैनन् ।

पिङ्क कलरको कुर्था सुरुवाल लगाएर पाहुना मान्न गएकी सरस्वती २३ वर्षकी भईन् । उनको विवाह भएको २० दिन भएको कुरा उनको भाई निर्मल सार्कीले जनकारी दिए । माईती पक्षले हराएको थाहा पाए लगत्तै प्रहरी कार्यालय ईटहरीमा मानिस हराएको र खोजी पाउँ भनी उजुरी दिएको बताएका छन् । शंका लागेको ब्यात्तीको नाममा किटानी जाहेरी दिन खोज्दा प्रहरीले जाहेरी लिन नमानेको श्रीमान तथा माईती पक्षले जानकारी गराएका छन् ।

सरस्वती हराएकै दिन देखी बेलबारी बस्ने उनकी जेठ्ठी दिदीको काका ससुरा दिप मग्रान्ती पनि हराएका थिए । सोहि कारण काका ससुरा संग भागीन कि भन्ने शंका रहेको परिवारीक स्रोत बताउँछन् । महिलाको खोजीकार्य भइ रहेको ईलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । हाल सम्म पीडित परिवारले किटानी जाहेरी नदिएको प्रहरी बताउँछन् ।

सम्बन्धित खवर