श्रीलङ्काविरुद्ध भारतको क्लिन स्विप - Crazysaptahik.com

श्रीलङ्काविरुद्ध भारतको क्लिन स्विप

भारतीय महिला क्रिकेट टोलीले श्रीलङ्कालाई तेस्रो एक दिवसीय खेलमा ३९ रनले पराजित गर्दै सिरिज ३–० ले जितेको छ । टस जितेर ब्याटिङ गरेको भारतले खेलमा ९ विकेट गुमाएर २ सय ५५ रन बनाएको थियो । जवाफमा श्रीलङ्काको महिला टोली ४८ औँ ओभरमा २१६ रन बनाएर अलआउट आउट भयो ।

पहिलो दुई एक दिवसीय खेल पनि भारतीय महिलाले जितेको थियो । श्रीलंकाले टस जितेर भारतलाई ब्याटिङ गर्न भनेको थियो । तर, भारतीय महिला टोलीले उत्कृष्ट ब्याटिङ गयो । कप्तान हरमनप्रीत कौरले सर्वाधिक ७५ रन बनाइन् भने पूजा वस्त्राकारले ५६ रन जोडिन् । शफाली वर्माले ४९ र यस्तिका भाटियाले ३० रनको योगदान दिए । भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५५ रन बनाएको थियो ।

जवाफमा श्रीलङ्काको टोलीले २१६ रन मात्र बनाउन सकेन । निलाक्षी डि सिल्भाले सर्वाधिक ४८ रन बनाइन् । चमारी अटापट्टुले ४४ रन बनाइन् । भारतीय महिला क्रिकेट टोलीले तीन खेलको टी–२० सिरिज पनि २–१ ले जितेको थियो ।

सम्बन्धित खवर