भारतमा टेनिसको चर्चा हुँदा सबैको दिमागमा एउटै नाम आउँछ, त्यो नाम हो सानिया मिर्जा । प्रसिद्धिको उचाइदेखि चौतर्फी विवादको सामना गरेकी सानिया मिर्जालाई फ्यानहरूले विम्बल्डन खेलेको देख्न पाउने छैनन् । सानिया मिर्जाले विम्बल्डनको अन्तिम खेल खेलेर बिदा हुने घोषणा गरेकी छन् । आफ्नो अन्तिम खेल अघि, उनले इन्स्टाग्राममा एक भावनात्मक पोस्ट साझा गरिन् ।
उनले लेखेका छन्, ‘खेलले तपाईंबाट मानसिक, शारीरिक र भावनात्मक रूपमा धेरै कुरा खोस्छ। जीत र हार, कडा परिश्रम र कडा पराजय पछि, त्यस्ता रातहरू हुन्छन् जब तपाईं सुत्न सक्नुहुन्न । तर यसले तपाईंलाई धेरै कुरा पनि दिन्छ जुन जागिरले तपाईंलाई दिन सक्दैन। म यसको लागि आभारी छु।’ ‘आँसु र आनन्द, लडाई र संघर्ष, हामीले गरेको सबै कुराको मूल्य छ जुन हामीले यसलाई अन्त्यमा देख्छौँ। विम्बल्डनमा खेल्न पाउनु र विगत २० वर्षदेखि यहाँ जित्नु सम्मानको कुरा हो। म तपाईंहरुलाई मिस गर्नेछु।
सानिया मिर्जाले आफ्नो करियरको अन्तिम विम्बल्डनमा मिक्स्ड डबल्सको सेमिफाइनलमा हार बेहोरेकी छिन् । विम्बल्डनमा सानियाको यो अन्तिम खेल थियो । ३५ वर्षीया सानियाले विम्बल्डनमा मिक्स डबल्स जित्न नसके पनि तीनवटा मिक्स्ड डबल सहित ६ ग्रान्ड स्लाम उपाधि जितिसकेकी छिन्। उनले महेश भूपतिसँग द्दण्ण्ढ अस्ट्रेलियन ओपन र द्दण्ज्ञद्द फ्रेन्च ओपन जितेकी थिइन् ।