घरेलु टोली इङ्ल्याण्डविरुद्ध भारतको सहज जित - Crazysaptahik.com

घरेलु टोली इङ्ल्याण्डविरुद्ध भारतको सहज जित

भारतले पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इङ्ग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ । जितसँगै तीन खेलको शृंखलामा भारतले १–० को अग्रता लिएको छ । जितका लागि १९९ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्ड १९ ओभर तीन बलमा सवै विकेट गुमाउँदै १४८ रनमा समेटियो । इङ्ग्ल्यान्डका मोईन अलीले सर्वाधिक ३६ रन बनाए ।

ह्यारी ब्रुकले २८ र क्रिस जोर्डनले २६ रनको योगदान गरे । भारतका हार्दिक पान्ड्याले सर्वाधिक ४ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९८ रन बनायो । भारतका हार्दिक पान्ड्याले सर्वाधिक ५१ रन बनाए । यस्तै, कप्तान रोहित शर्मा २४, दीपक हुडाले ३३ र सूर्य कुमार यादवले ३९ रनको योगदान गरे । इङ्ग्ल्यान्डका क्रिस जोर्डन र मोईन अलीले समान दुई विकेट लिए ।

सम्बन्धित खवर