फ्रेन्च डिफेन्डर लेङ्ग्लेट टोटेनहमा - Crazysaptahik.com

फ्रेन्च डिफेन्डर लेङ्ग्लेट टोटेनहमा

प्रिमियर लिग क्लब टोटेनहमले फ्रेन्च डिफेन्डर सेक्लेमेन्ट लेङ्ग्लेटलाई स्पेनिस क्लब बार्सिलोनाबाट लोनमा अनुबन्ध गरेको छ । टोटेनहमले उनलाई एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो । २७ वर्षीय सेन्टर ब्याकले बार्सिलोनाका लागि १६० खेल खेलेका छन् । लेङ्ग्लेट सन् २०१८ मा सेभियाबाट बार्सिलोना आएका थिए । टोटेनहमले लेङ्ग्लेटलाई स्थाइ खेलाडीको रुपमा पनि राख्न सक्नेछ ।

पछिल्लो समय कमजोर आर्थिक अवस्था भएको बार्सिलोनाले धेरै खेलाडीलाई लोनमा पाठाएको छ । बार्सिलोना पछिल्लो समय रोबर्टाे लेवान्डोस्कीलाई अनुबन्ध गर्ने योजनामा छ । लेङ्ग्लेटले फ्रान्सका लागि १५ खेल खेलेका छन् ।

सम्बन्धित खवर