घरेलु टोली इङ्ग्ल्यान्ड भारतसँग १० विकेटले पराजित - Crazysaptahik.com

घरेलु टोली इङ्ग्ल्यान्ड भारतसँग १० विकेटले पराजित

भ्रमणकारी टोली भारतले घरेलु टिम इङ्ग्ल्यान्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेट खेलमा १० विकेटको जित निकालेको छ । योसँगै तीन खेलको शृंखलामा भारत १–० ले अघि रहेको छ । मंगलबार राति लण्डनको ओवलमा इङ्ग्ल्यान्डले दिएको १११ रनको लक्ष्य भारतले १८ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पूरा गरेको हो । भारतको जितमा कप्तान रोहित शर्माले सर्वाधिक ७६ रन बनाए । यस्तै, अर्का ओपनर शिखर धवन ३१ रनको योगदान गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले २५ ओभर २ बलमा सबै विकेट गुमाउँदै ११० रन बनायो । इङ्ग्ल्यान्डका कप्तान जोस बट्लरले सर्वाधिक ३० बनाए । यस्तै, डेभिड विलिले २, ब्रेडन कार्सेले १५ तथा मोइन अलि १४ रनको योगदान गरे । जस्प्रित बुमराहले चिम्किएपछी इङ्ग्ल्यान्डलाई सस्तैमा समेटिएको थियो । उनले एक्लै ६ विकेट लिए । यस्तै, मोहमद शामीले ३ तथा प्रसिद्ध कृष्णले १ विकेट लिए ।

सम्बन्धित खवर