बार्सिलोनाद्वारा राफिन्यालाई अनुबन्ध गर्ने सहमति - Crazysaptahik.com

बार्सिलोनाद्वारा राफिन्यालाई अनुबन्ध गर्ने सहमति

बार्सिलोनाले राफिन्यालाई प्रिमियर लिग क्लब लिड्सबाट अनुबन्ध गर्ने सहमति गरेको छ । द गोल डटकमका अनुसार क्याटालान क्लबले ब्राजिलियन खेलाडीलाई अनुबन्ध गर्न लिड्सलाई ७.७ करोड डलर तिर्नेछ । राफिन्याले बुधबार मेडिकल गरेर बार्सिलोनासँग करारमा हस्ताक्षर गर्ने अनुमान गरिएको छ । खेलाडीले २०२७ सम्मका लागि क्लबसँग सम्झौता गर्ने बताइएको छ ।

उनलाई अनुबन्ध गर्न चेल्सीले पनि प्रयास गरेको थियो । तर, दुई वर्ष प्रिमियर लिगमा बिताएर उनी ला लिगा आउन तयार भएका हुन् । इंग्ल्याण्डमा रहँदा उनले क्लबका लागि ६७ खेल खेल्दै १७ गोल गर्न सफल भएका थिए ।

सम्बन्धित खवर