नेपालको ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) ले तेस्रो मैत्रीपूर्णमा थाइल्याण्डको तेस्रो डिभिजनको क्लब थोनबुरीलाई २–१ गोल अन्तरले हराएको छ । थाइल्याण्ड भ्रमणमा रहेको एनआरटी यसअघिका दुई खेलमा पराजित भएको थियो । एनआरटीलाई जित दिलाउन मेसुके ओलुमोउ र दिपेश घलेले एक–एक गोल गरे ।
एनआरटीले यसअघि शीर्ष डिभिजनको क्लब चोनबुरी एफसी र तेस्रो डिभिजनको कासेम बन्डित युनिभर्सिटी एफसीसँग मैत्रीपूर्ण खेल खेलेको थियो । चोनबुरीसँग ९–० ले पराजित एनआरटी कासेमसँग ५–२ गोल अन्तरले पराजित भएको थियो । प्रि–सिजनको तयारीका लागि एनआरटीको टोली थाइल्याण्डमा छ ।