आईसीसी पुरुष विश्वकप लिग टू को त्रिकोणात्मक सिरिजअन्तर्गत स्कटल्यान्डले नेपाललाई १४५ रनको लक्ष्य दिएको छ । टिटवुड ग्लासगोमा टस हरेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४२ आभेरमा ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १४४ रन बनायो । स्कटल्यान्डका लागि काभिन मिनले ६४ रनको अर्धशतकीय पारी खेले । ६९ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै मार्क वाटले १७ रन बनाउँदा साफन सारिफले १६ रनको योगदान गरे । नेपालका लागि आदिल अन्सारी र सोमपाल कामीले तीन–तीन विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले दुई विकेट लिँदा करण केसी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए । नेपाल आज स्कटल्यान्डलाई हराउँदै सिरिजमा पहिलो जित निकाल्ने योजनामा छ । नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो ।
यता स्कटल्याण्ड दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा स्कटल्यान्डले नामिबियालाई ७७ रनले हराएको थियो । लिग टू को अंक तालिकामा नेपाल १७ खेलमा १५ अंक जोडेर छैटौं स्थानमा छ । स्कटल्याण्ड २१ खेलमा ३० अंक जोडेर दोस्रो स्थानमा छ