वेस्ट इन्डिजविरुद्धको सिरिज बंगलादेशलाई - Crazysaptahik.com

वेस्ट इन्डिजविरुद्धको सिरिज बंगलादेशलाई

वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिज बंगलादेशले एक खेल अगाबै जितेको छ । बुधबार राति भएको तेस्रो एकदिवसीयमा घरेलु टोली वेस्ट इन्डिजलाई ९ विकेटले हराउँदै बंगलादेशले सिरिज आफ्नो बनाएको हो । प्रोभिडेन्स स्टेडियममा वेस्ट इन्डिजले दिएको १०९ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभर ४ बलमा १ विकेटको गुमाएर पूरा गर्यो ।

बंगलादेशका लागि कप्तान तमिम ईकवालले अविजित रहदै ५० रनको अर्धशतकिय पारी खेले ।६२ बल खेलेका उनले ७ चौका प्रहार गरे । त्यस्तै लिटन दास ३१ रनमा अविजित रहँदा नज्मुल सान्तोले २० रन बनाए । घरेलु टोली वेस्ट इन्डिजका लागि गुडाकेशा मोटाईले एक विकेट लिए ।यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ३५ ओभरमा अलआउट हुँदै १०८ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि किमो पाउलले अविजित रहदै २५ रन बनाए । त्यस्तै साई होपले १८ रन बनाउँदा केली मेयर्सले १७ रनको योगदान गरे ।बंगलादेशका मेहदी हसन मिराजले ४ विकेट लिए । त्यस्तै नासुम अहमेदले ३ लिए । जितसँगै तीन खेलको एकदिवसीय सिरिजमा बंगलादेश २–० ले अघि रहेको छ ।

पहिलो एकदिवसीय बंगलादेशले ६ विकेटले जितेको थियो ।तेस्रो तथा अन्तिम एकदिवसीय शनिबार हुनेछ । अन्तिम एकदिवसीयअघि नै बंगलादेशले सिरिज जिति सकेको छ ।

 

सम्बन्धित खवर