फ्रेन्च फरवार्ड ओसमाने डेम्बेलेले स्पेनिस क्लब बार्सिलोनासँगको सम्झौता नवीकरण गरेका छन् । बार्सिलोनाले बिहीबार फ्रेन्च फरवार्ड डेम्बेलेले सम्झौता नवीकरण गरेको जनाएको छ । बिहीबार नै डेम्बेलेले क्लबमा मेडिकल परीक्षण पनि गरेका छन् ।
खराब फम तथा धेरैपटक चोटका कारण मैदान बाहिर रहने गरेका डेम्बेलेको यो सिजन अन्य क्लबमा जाने चर्चा थियो । डेम्बेलेले थप दुई वर्ष आगामी २०२४ सम्मका क्लबमा सम्झौता नवीकरण गरेका हुन् । २५ वर्षीय फरवार्ड २०१७ मा बोरुसिया डर्टमण्डबाट स्पेनिस क्लब आएका थिए । बेम्बेलेले बार्सिलोनाका लागि १५० खेलमा उनले ३२ गोल गरिसकेका छन् ।