नागरिकले खेपेको सास्तीबाट दुःखी उपप्रमुखको अनुगमन - Crazysaptahik.com

नागरिकले खेपेको सास्तीबाट दुःखी उपप्रमुखको अनुगमन

भूमिप्रसाद पाठक
पथरी । ईलाका प्रशासन कार्यालय मंगलबारे, उर्लाबारीमा साता–दश दिनयता स्थानीय नागरिकले पाएको सास्तीबाट दुःखीत पथरी शनिश्चरे नगरपालिका उपप्रमुख देवीमाया काफ्लेले आज कार्यालय परिसरको अवलोकन अनुगमन सहित देखिएका समस्याहरू समाधानका लागि कार्यालयका प्रमुख अधिकारी उपसचिव तुलसीराम पौडेलसँग शिष्टाचार संवाद गर्नुभएको छ ।

संवादका क्रममा उपप्रमुख काफ्लेले मोरङको पूर्वोत्तर क्षेत्रभरिका पालिकाको कामको केन्द्र बनेको यो कार्यालयबाट लाभवान्वित हुने नागरिकको संख्या मोरङमै ठूलो छ । राष्ट्रिय राजमार्ग खण्डको सुविधा लिँदै आउने सेवाग्राहीको संख्या, विभिन्न विषयगत काम र कामको चापका हिसावले कार्यालय कार्यक्षेत्र र कार्यपरिसद एकदमै कमजोर छ ।

कामका लागि आउने सेवाग्राही लक्षित काममा रहुञ्जेलसम्म ओत लाग्ने र बस्ने ठाउँ छैन । बिचौलियाको बिगबिगी पनि उत्तिकै छ, सेवाग्राही बाहिरबाहिरै ठगिन्छन् भन्ने सुनिन्छ । यसको पहिचान र व्यवस्थापन कसरी गर्ने ? मतदाता सूचिमा सूचिकृत हुन आएका नागरिकले खेप्नुपरेको सास्तीलाई कसरी कम गर्ने ? जनशक्ति वृद्धि गर्न नगरले कसरी सहकार्य गर्न सक्छ ? जस्ता विषयमा जिज्ञासा राख्नुभएको थियो ।

जिज्ञासा मेट्दै उपसचिव पौडेलले पछिल्लो अवस्थामा कार्यप्रगति भएकोले अलिक सहज भएको दर्शाउनुभयो । उहाँले गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय, मोरङबाट प्राविधिक जनशक्ति सहित डेस्कवर्क बढाइएकोले मतदाता सूचि निर्माणमा नामांकन प्रक्रिया सहज भएको बताउनुभयो । कार्यालय भवन अन्यत्र बन्दै गरेकोले थप धेरै कुराको सहजता हुने विश्वास सहित अधिकारी पौडेलले राष्ट्रिय परिचयपत्र निर्माणको अभियानलाई पालिका–पालिकामा लगिएको हुनाले सहयोग र सहजीकरणको अपेक्षा राख्नुभयो ।

विद्युतीय प्रक्रियामार्फत राहदानीका लागि आवेदन गर्न सकिने व्यवस्था भएकोले बाहिरबाहिर विद्युतीय सुविधा दिएर बसेका व्यवसायीले के गर्छन् थाहा नभएकोले समयक्रममा यसमाथि निगरानी रहने बताउनुभयो ।

खचाखच देखिने सेवाग्राहीको संख्या, सेवाग्राहीले पाएको दुःख–सास्ती र समाधानका उपाय र सहकार्यको तत्परता सहित उर्लाबारी नपाका प्रमुख गंगाप्रसाद खरेलसँग पनि उपप्रमुख काफ्लेको जम्काभेट भएको थियो । दृश्य अवलोकन, अनुगमन र कार्यालय प्रमुख अधिकारीसँगको संवादमा नेकपा (एमाले) का केन्द्रीय सदस्य युवराज बास्कोटाको पनि उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर