सन्दीपको आलि खानलाई जवाफ : ‘क्रिकेट सहकर्मीबाट नेपाली समर्थकलाई घृणात्मक टिप्पणीको आशा थिएन’ - Crazysaptahik.com

सन्दीपको आलि खानलाई जवाफ : ‘क्रिकेट सहकर्मीबाट नेपाली समर्थकलाई घृणात्मक टिप्पणीको आशा थिएन’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अमेरिकी राष्ट्रिय क्रिकेट टोलीका बलर अली खानले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको प्रतिक्रियाको प्रतिवाद गरेका छन् । अमेरिकी बलर अलि खानले नेपाली समर्थक सबैभन्दा खराब भन्ने प्रतिक्रिया दिएका थिए । एक जना नेपाली समर्थकले क्रिकेट पत्रकार तथा क्रिकेट कमेन्टेटर पिटर डेला पेनाले कमेन्ट्री गर्दा नेपाललाई कमजोर देखाएको भन्दै व्यक्तिगत म्यासेज पाएका थिए ।

सोही म्यासेजलाई डेला पेनाले टुइट गरेका थिए । सोही ट्वीटमा प्रतिक्रिया दिँदै खानले नेपाली समर्थक सबैभन्दा खराब भनेका थिए । त्यसैको जवाफमा नेपालका कप्तान सन्दीपले जवाफ फर्काएका छन् । उनले लेखेका छन्, ‘मेरा एक क्रिकेट सहकर्मीबाट नेपाली क्रिकेट समर्थकको बारेमा घृणात्मक टिप्पणीको आश मैले गरेको थिइन ।

नेपालीहरुले आफ्नो सास सरह क्रिकेटलाई माया गर्छन्, क्रिकेट प्रेम उनीहरुको रगतमा मिसिएको छ,’ सन्दीपको पोष्टमा लेखिएको छ,‘ उनीहरु विश्व क्रिकेटको एक अभिन्न अंग हुन्, खेलकुदले मानिसहरुलाई विभाजित होइन, एकताबद्ध गराउनुपर्छ,’ सन्दीपले लेखेका छन् । सन्दीप अहिले स्कटल्याण्ड टुरमा टोलीसँगै छन् । नेपाली टोलीले स्कटल्याण्ड सिरिजमा चार खेलमा एक खेल जितेको थियो भने तीन खेलमा पराजित भएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.