इब्राहिमोविचले मिलानसँग गरे सम्झौता नवीकरण - Crazysaptahik.com

इब्राहिमोविचले मिलानसँग गरे सम्झौता नवीकरण

ज्लाटन इब्राहिमोविचले इटालियन क्लब एसी मिलानसँगको सम्झौता नवीकरण गरेका छन् । स्वीडेनका भेट्रान स्ट्राइकर इब्राहिमोविचले थप एक वर्ष क्लबमा रहने भएका छन् ।  नयाँ सम्झौतासँगै इब्राहिमोविच २०२३ को जुन ३० सम्म मिलानमा रहने छन् । ४० वर्षीय फरवार्ड सन् २०१९ मा मिलान आएका थिए ।

इब्राहिमोविचले स्पेनिस क्लब बार्सिलोना हुँदै म्यानचेस्टर उनाइटेड, ला ग्यालेक्सी, इन्टर मिलान, युभेन्टस् लगायत क्लबबाट खेलेका थिए । इब्राहिमोविचले स्वीडेनका लागि १२१ खेलेर ६२ गोल गरेका छन् ।

 

सम्बन्धित खवर