इन्टर मियामीको पोस्टमा बार्सिलोनाको आधा दर्जन गोल - Crazysaptahik.com

इन्टर मियामीको पोस्टमा बार्सिलोनाको आधा दर्जन गोल

प्री–सिजन टुर अन्तर्गत अमेरिका भ्रमणमा रहेको क्याटलान क्लब बार्सिलोनाले इन्टर मियामी सीएफको पोस्टमा आधा दर्जन गोल गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा ला लिगा महारथी क्लब बार्सिलोनाले दुबै हाफमा समान तीन गोल गर्यो । आक्रमणमा मजबुद प्रदर्शन गरेको जाभिको टिमले पुरै समय मियामीलाई दबाबमा राखेको थियो ।

बार्सिलोनाको जितमा पीएरे इम्रीक औबामेयाङ, डेब्यु गरेका राफिन्हा, अन्सु फाती, गाबी , मेम्फिस डिपाए र औसमान डेम्बेलेले एक एक गोल गरे । अब बार्सिलोनाले अमेरिका भ्रमणमा सहरी प्रतिद्वन्द्वी रियल मड्रीड र युभेन्टससँग प्रतिस्पर्धा गर्ने तालीका रहेको छ ।

सम्बन्धित खवर