पहिलो टेस्टमा पाकिस्तानद्वारा श्रीलङ्का ४ विकेटले पराजित - Crazysaptahik.com

पहिलो टेस्टमा पाकिस्तानद्वारा श्रीलङ्का ४ विकेटले पराजित

पाकिस्तानले श्रीलङ्कालाई पहिलो टेस्टमा ४ विकेटले पराजित गरेको छ । श्रीलङ्काले जीतका लागि प्रस्तुत गरेको ३४२ रनको लक्ष्य ६ विकेटको क्षतिमा पछ्याउँदै पाकिस्तानले शृङ्खलामा १–० को अग्रता बनाएको हो । पाकिस्तानलाई जीत दिलाउन ओपनर अब्दुल्लाह सफिकले नटआउट रहँदै १ सय ६० रन बनाए । उनलाई कप्तान बाबजर आजम र मोहमद रिजवानले क्रमशः ५५ र ४० रन बनाउँदै राम्रो साथ दिए ।

यसअघि ओपनर इमाम उल हकसँग मिलेर उनले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए । हकले ३५ रन बनाए । श्रीलङ्काका लागि दोस्रो पारीमा प्रबथ जयसूर्याले ४ विकेट लिए भने रमेश मेन्डिस र धनञ्जय डे सिल्भाले १–१ विकेट लिए । श्रीलङ्काले पहिलो पारीमा २२२ रन बनाएको थियो भने दोस्रो पारीमा ३३७ रनमा अलआउट भएको थियो । पाकिस्तानले पहिलो पारीमा २१८ रन बनाएको थियो । अब दोस्रो टेस्ट २४ जुलाईमा खेलिनेछ ।

सम्बन्धित खवर