माइतीघर नेपाली नारी म्यारिड ग्रुपको दोस्रो वार्षिकोत्सव, क्यान्सर पीडितलाई सहयोग - Crazysaptahik.com

माइतीघर नेपाली नारी म्यारिड ग्रुपको दोस्रो वार्षिकोत्सव, क्यान्सर पीडितलाई सहयोग

पवित्रा ढुंङगाना
पथरी–
सामाजिक कार्यमा सक्रिय ग्रुप माइतीघर नेपाली नारी म्यारिड ग्रुपको दोस्रो वार्षिकोत्सव सम्पन्न भएको छ । शनिबार पूर्वाञ्चल क्याफे इटहरीमा केक काटेर भब्यताको साथ कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पूर्वी झापा, मोरङ, सुनसरीका मेम्बरहरुको उपस्तिथि रहेको थियो । सामाजिक कार्य गर्दै आएको ग्रुपले वार्षिकोत्सवको अवसरमा २८ वर्षिया क्यान्सर पीडित ललिता जिसीको स्वास्थ्य लाभको कामना गर्दै २४ हजार ३५ रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।

ग्रुपले देशका विभिन्न स्थानमा वार्षिक उत्सव मनाईएको छ । काठमाडौंको भृकुटीमण्डव, गाईघाट, पोखरा, चितवन र इटहरीमा भब्यताका साथ मनाईएको हो ।

सम्बन्धित खवर