फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले प्रि–सिजन टुरअन्तर्गत भएको मैत्रीपूर्ण खेलमा जापानको जे लिग क्लब गाम्बा ओसाकालाई ६–२ गोल अन्तरले हराएको छ । जापानमा सोमबार भएको मैत्रीपूर्णमा खेलमा पीएसजीलाई जित दिलाउन नेयमारले दुई गोल गरे । यस्तै पाब्लो सराबिया, लियोनल मेस्सी, केलियन एमबाप्पे र नुनो मेन्डीसले एक–एक गोल गरे ।
उता जे लिग क्लब ओसाकाका लागि केइसुके कुरोकावा र हिरोटो यामामीले एक एक गोल फर्काए । प्रि सिजन टुर अन्तर्गत पीएसजी जापान भ्रमणमा छ । यसअघि जापानिज क्लब कावासाकी र उरावा रेड डाइमण्डमाथि जित निकालेको थियो ।