श्रीलंकाविरुद्ध पहिलो खेलकै प्लेइङ सेटलाई निरन्तरता दिँदै नेपाल - Crazysaptahik.com

श्रीलंकाविरुद्ध पहिलो खेलकै प्लेइङ सेटलाई निरन्तरता दिँदै नेपाल

 


यु २० साफ च्याम्पियनसिपको दोस्रो खेलमा आज नेपालले श्रीलंकाको चुनौती सामना गर्दैछ । भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा सवा ७ बजे सुरु हुने खेलका लागि मुख्य प्रशिक्षक मेघराज केसीले प्लेइङ सेट घोषणा गरेका छन् ।

उनले आयुष घलानको कप्तानीमा यसअघि श्रीलंकाविरुद्ध खेलेको सुरुवाती सेटलाई नै निरन्तरता दिएका छन् । अघिल्लो खेलमा नेपालले माल्दिभ्सलाई ४–० अन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोडेको थियो । आज श्रीलंकाविरुद्ध नेपाल लगातार दोस्रो जित निकाल्न चाहन्छ ।

नेपाली टिमः

गोलरक्षकः इश्वर गुरुङ

अजय चौधरी, अमर श्रेष्ठ, अभिषेक वाइवा, सन्दिप कार्की, कृतिशरत्न छुन्जु, दिपेश गुरुङ, सुमित श्रेष्ठ, आशिष राई, सुगम सुवाल, आयुष घलान

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.