‘वडाका समस्याहरूलाई समाधान गर्दै लैजानेछु’ - Crazysaptahik.com

‘वडाका समस्याहरूलाई समाधान गर्दै लैजानेछु’

उद्धवराज बस्नेत, वडाध्यक्ष
पथरीशनिश्चरे वडा नं. ७, मोरङ

समाजका लागि केही गर्नुपर्छ भन्ने उद्देश्य बोकेर सामाजिक कार्यमा होमिएका एक व्यक्तित्व हुनुहुन्छ उद्धवराज बस्नेत । बस्नेत वि.सं. २०४५/४६ सालमा नव क्षितिज युवा क्लब गठन गरेर सामाजिक क्षेत्रमा कम्मर कसेर लागि पर्नुभएको थियो । पथरी उद्योग वाणिज्य संघका निर्वाचित सदस्य, हाल बस्नेत संघको आजीवन सदस्य समेत रहनुभएको छ । पथरी बहुमुखी क्याम्पस परिषद् सदस्य तथा व्यवस्थापन समितिका निर्वाचित सदस्य, लामाटोलीमा स्थापित दुर्गा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षको कार्यभार पनि सम्हालिरहनुभएको छ । यस्तै बस्नेत नेपाल घरेलु उद्योग महासंघ पथरीशनिश्चरे नगर कमिटी वरिष्ठ उपाध्यक्ष असहाय, गरिव तथा दिन –दुखीहरुको सेवामा अहोरात्र खट्दै आउनुभएको छ ।

वि.सं. २०४६ सालमा अखिल नेपालबाट दमक बहुमुखी क्याम्पस ईकाइ कमिटी मार्फत् उहाँको राजनीतिक यात्रा सुरुवात भएको थियो । त्यसपछि युवा संघ नेपाल हँुदै २०६२ सालमा पार्टी संगठनको यात्रा सुरु गर्नुभएको थियो । सामाजिक राजनीतिक जीवनयात्रमा होमिएका बस्नेत २०७९ सालको स्थानीय निर्वाचन मार्फत् हाल पथरीशनिश्चरे ७ का वडा अध्यक्ष हुनुहुन्छ । प्रस्तुत छ उहाँसँग वडाको पेरिफेरीमा रहेर गरिएको संवाद :–

वडाको मुख्य समस्या के रहेको छ ?
– अव्यवस्थित बसोबाँस, सडक, शिक्षा, स्वास्थ, कृषी मुख्य समस्याको रुपमा रहेको छ ।

समस्या समाधानहरू चाहि कसरी हुन्छ ?
– अव्यवस्थित बसोबाँसको समस्या केन्द्रीय सरकारबाट समाधान नियमनको माग गर्ने जुन प्रक्रिया सुरु गर्ने तयारीमा छौं । त्यसैगरी सडक, शिक्षा, स्वास्थ, कृषिका समस्यालाई क्रमागत रुपमा सुधार गर्दै लानेछौं ।

वडा अध्यक्ष भई जनताको सेवा गर्दा के भिन्नता पाउनुभयो ?
–जनताको सेवा गर्छु भनेर लागि परेको छु । उहाँहरुको दुःख सुखमा साथ दिन पाउँदा आफूलाई भाग्यमानी ठान्छु । काम गर्ने उर्जा मिलेको छ ।

तपाईको वडामा आर्थिक वर्षका लागि के–के क्षेत्रलाई प्राथमिकता दिनुभएको छ ? साना तथा ठूला योजनाहरुका लागि ?
– अधुरा रहेका कामहरुलाई पूरा गर्दै भौतिक पूर्वाधार, थप सडक संजाल जोड्ने । शिक्षा, स्वास्थ्य, कृषी तथा विभिन्न किसिमका सीपमूलक तालिमहरु लक्षित वर्गका कार्यक्रमहरुलाई जोड्दै वडावासीहरूमा आत्मनिर्भरता बाटोतर्फ अघि बढाउने कुरालाई प्राथमिकताका साथ दिएका छौं । साथै पूर्वाधारका लागि प्रदेश सरकारसँग आवश्यक रहेका योजनाहरुको माग गर्नेछौं ।

चुनावका बेला घोषणा पत्रमा उल्लेख भएका कति प्रतिशत कामहरु सम्पन्न गर्ने योजनामा हुनुहुन्छ ?
– यो आर्थिक वर्षमा घोषणा पत्रमा उल्लेख भए अनुरुप सबै कार्यहरु सक्ने योजनामा छौं । ठूला योजनाहरुलाई क्रमागत रुपमा सम्पन्न गर्नेछौं । यस वर्षमा हामी २५ प्रतिशत भन्दा धेरै कार्य सम्पादन गर्ने योजनामा छौं ।

यस वडाका मौलिकता के हो ? कृषि, पर्यटन उद्योग वा अन्य ?
– हाम्रो मैलिकता कृषि नै हो किनकि हाम्रो वडाको भौगोलिक बनावट कुनै ठाउँमा उचा, कही गहिरो, होली तथा सम्म भू–भागहरु रहेका छन् । यहाँका कृषकहरुले भौगोलिक बनावटका आधारमा बाली लगाउनुहुन्छ । त्यसैले हाम्रो मौलिकता कृषि हो ।

नया“ जनप्रतिनिधि कर्मचारीस“ग कस्तो सम्वन्ध रहेको छ ?
– कर्मचारीसँग सुमधुर सम्वन्ध रहेकाले सेवाग्राहीको कामहरु त्था योजनाका कामहरु रोकिएका छैनन् ।

कर्मचारी अभाव तथा बढी कस्तो अवस्था रहेको छ ?
– समानन्तर छ । सबै एक सय एक हुनुहुन्छ, सहजता छ ।

सार्वजनिक काममा कत्तिको व्यस्त रहनुपर्छ ?
– व्यस्त छु अझै हुनुपर्छ । जनताको सेवा गर्न आएको हुँ व्यस्त त हुनै पर्यो नि हैन र ?

सार्वजानिक काममा व्यस्त रहदा कार्यालय बसेर गर्नुपर्ने काममा बाधा पुगेको महसुस गर्नु भएको छैन ?
–त्यस्तो भएको छैन । समयलाई मैले मिलाएर राख्या छु । कार्यालयमा बस्ने समय र सार्वजनिक कार्यक्रमहरुको समय मिलेको छ ।

शिक्षा, स्वास्थ्य, खानेपानीको अवस्थाको बारे बताइदिनुस् न ?
– विकट वडा भएका कारण स्वास्थ्य, शिक्षा र खानेपानीको विकासमा जोड दिनुपर्ने देखिन्छ ।

अन्त्यमा केही… ?
– ५ वर्ष सम्ममा घोषणा पत्रमा उल्लेख भएका कामहरु सम्पूर्ण सम्पन्न गर्नेछु । साथै बिचमा आएका समस्याहरूलाई समाधान गर्दै लैजाने प्रतिवद्धता जाहेर गर्दछु । म वडा अध्यक्ष हँुदै गर्दा तपाईहरुलाई जे समस्या पर्छ म २४ घण्टा हाजिर हुन तयार छु ।
– प्रस्तुति : ईस्वर दुलाल

सम्बन्धित खवर