जिम्बावेविरुद्धको सिरिजका लागि भारतीय टिम घोषणा, कोहली अटाएनन् - Crazysaptahik.com

जिम्बावेविरुद्धको सिरिजका लागि भारतीय टिम घोषणा, कोहली अटाएनन्

जिम्बावेविरुद्धको एकदिवसीय अन्तराष्ट्रिय सिरिजका लागि भारतीय टिमको घोषणा भएको छ । ३ खेलको एकदिवसीय सिरिजका लागि भारतले शिखर धवनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा पूर्व कप्तान विराट कोहली अटाएका छैनन् । वेस्ट इन्डिजविरुद्धको जारी सिरिजमा समेत कोहली टिममा परेका थिएनन् ।

भारतीय टिममा शिखर धवन, ऋतुराज गायकवाड, शुभमन गिल, वासिङटन सुदर, दीपक हुडा, सन्जु सामसन, ईशान किसन,राहुल त्रिपाटी,अक्षर पटेल,प्रसिद्ध कृष्णा, कुलदिप यादब, आवेश खान, मोहम्मद सिराज, शार्दुल ठाकुर र दिपक चाहर रहेका छन् । भारतीय टोलीले जिम्बावेविरुद्ध १८ अगस्टमा पहिलो एकदिवसीय खेल्नेछ ।

सम्बन्धित खवर