स्पेनिस क्लब रियल मड्रिडले प्रि–सिजन टुरअन्तर्गतको मैत्रीपूर्ण खेलमा इटालियन क्लब युभेन्ट्सलाई २–० गोल अन्तरले हराएको छ । अमेरिकाको क्यालीफोर्नियामा आइतबार बिहान भएको खेलमा रियललाई जित दिलाउन करिम बेन्जिमा र मार्को एसेन्सियोले एक–एक गोल गरे । खेलको १९ औं मिनेटमा बेन्जिमाले पेनाल्टीबाट गोल गर्दै रियललाई अग्रता दिलाए ।
६९ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई २–० को जित दिलाए । प्रि सिजन टुर अन्तर्गत रियलले अमेरिकामा तीन खेल खेलेको छ । जसमा दुई खेलमा जित निकाल्यो भने एक खेलमा हारको नतिजा निकालेको छ ।