पथरीशनिश्चरे ८ मा चैते धान विशेष प्रोत्साहन नगद अनुदान वितरण - Crazysaptahik.com

पथरीशनिश्चरे ८ मा चैते धान विशेष प्रोत्साहन नगद अनुदान वितरण


क्रेजी संवाददाता

पथरी। कुशे–दोहलु धान खेती कृषि समुहले चैते धान विशेष प्रोत्साहन नगद अनुदान वितरण गरेको छ । कृषि ज्ञान केन्द्रको सहयोगमा शुक्रबार पथरीशनिश्चरे ८ नं. वडा कार्यलयको सभाहलमा अनुदान वितरण गरेको हो ।

कुशे–दोहलु धान खेती कृषि समुहको आयोजनामा भएको सो कार्यक्रममा प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिका नगर प्रमुख मोहन तुम्बापो, विशिष्ट अतिथि देवी मायाँ काफ्ले, अतिथिहरु वडा नम्बर ८ का वडाध्यक्ष नविन कार्की, सदस्य शान्ता योङहाङ, झमकबहादुर लिम्बु, नगरपालिका कृषि शाखा कर्मचारी जुनु जीमी, प्रहरी चौकी कुशे चौरी प्रमुख चुडामणि खतिवडा लगायतको आथित्यता रहेको थियो ।

समुहमा आवद्द ८२ जना कृषकहरुले खेती अनुसारको अनुदान प्राप्त गरेको समुहका अध्यक्ष पुष्प खड्काले जानकारी दिनुभयो ।

 

 

 

सम्बन्धित खवर