एस.इ.इ. मा पथरीशनिश्चरेकै उत्कृष्ट बने प्याराडाइजका निश्चल - Crazysaptahik.com

एस.इ.इ. मा पथरीशनिश्चरेकै उत्कृष्ट बने प्याराडाइजका निश्चल

– सन्तोष राई
२०७९ सालको एस.ई.ई. परीक्षामा पथरीशनिश्चरे वडा नं. ९ मा स्थापित प्याराडाइज अंग्रेजी बोर्डिङ स्कुलमा अध्ययनरत छात्र निश्चल काफ्लेले जीपीए ३.९५ ल्याई उत्कृष्टता हासिल गरेका छन् । सँगै नगर भित्रको विद्यालयहरुमा आफ्नो विद्यालयलाई उत्कृष्ट विद्यालयमा दर्ज गर्न पनि निश्चल सफल भएका छन् ।
प्याराडाइज वि.सं. २०५९ मा अनुमति लिई २०६० बाट सञ्चालनमा आएको हो भने वि.सं. २०६७ सालमा एस.एल.सी.परीक्षामा समावेश भएको थियो । त्यसयता एस.ई.ई. परीक्षामा राम्रै नतिजा ल्याउँदै आएको यस विद्यालयले २ सय ५० बढी विद्यार्थीहरू उत्तीर्ण गराउन सफल भइसकेको छ । विद्यालय कर्म र लगनशिल हुँदै निरन्तर अघि बढिरहेको परिपेक्ष्यमा यस पटकको सफलताले त अझै विद्यालयको उचाईलाई थप फड्को मारेको छ । पथरीशनिश्चरे वडा नं. ९ निवासी गोविन्दप्रसाद काफ्ले र पदमकुमारी काफ्लेको छोरा निश्चल काफ्लेले जीपीए ३.९५ ल्याई पथरीशनिश्चरे नगकै उत्कृष्ट दरिएका छन् ।
पथरी शनिश्चरे नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत नविन खुलालले नगरपालिकाको नतिजा हेर्दा प्याराडाइजका निश्चल नै बढी जीपीए ल्याउने विद्यार्थी भएको बताए ।
निश्चलको सफलतामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा निर्देशक सुरेन्द्र लिम्बुले भने–‘विद्यालयका सबै स्टाफहरुको लगानी अनि विद्यार्थीहरुको मेहनतले नै आज यो सफलता प्राप्त भएको छ । हामी भावी दिन यो साखलाई जोगाइराख्न अहोरात्र खट्नेछौं ।’ कक्षा नर्सरी–१० सम्म अध्यापन हुने यस विद्यालयमा ४ सयको हाराहारीमा विद्यार्थीहरु रहेका छन् भने कर्मचारीहरु २७ जना रहेका छन् ।यस पटकको एस.ई.ई.मा विद्यालयलाई सफलता मिलेको प्रिन्सिपल होमनाथ घिमिरे पनि हर्षित छन् । घिमिरे भन्छन्–‘ हामीले मेहनत गरे अनुसार प्रतिफल आयो । हामी सधैं आफ्नो कर्मममा अडिग छौं । आगामी दिनमा यसरी नै उत्कृष्ट विद्यालय हुने प्रयत्नमा लागिरहने छौं ।’
रिजल्ट आउट भएपछि भेटिएका निश्चल काफ्ले निक्कै हर्षित मुद्रामा थिए । नगरकै उत्कृष्ट हुन सफल हुनुभयो कस्तो अनुभव भइरहेको छ ? भन्ने प्रश्नमा उनले भने –‘यो सफलताले खुशी त अवश्य नै मिलेको छ । तर, खुशीसँगै जिम्मेवारी पनि वहन भएको मैले महसुस गरेको छु । मेरो सफलताको पछि विद्यालय, शिक्षक/शिक्षिका, परिवार र साथीभाइको ठूलो हात रहेको छ ।’

प्याराडाइजलाई फर्केर हेर्दा :-
– सुरुवातताका छुट्टाछुट्टै रुपमा सञ्चालनमा रहेको छविन्द्रमान सिंह कार्कीको नाममा रहेको ज्ञानज्योति ई. बोर्डिङ स्कुल तथा टेकबहादुर मगरको नाममा रहेको प्याराडाइज ई. बोर्डिङ स्कुल बिच एकता भई प्याराडाइज ई.बो. स्कुलका नामबाट वि.सं. २०५९ मा जिल्ला शिक्षा कार्यालयबाट अनुमति लिई वि.सं. २०६० मा सञ्चालनमा आएको विद्यालय हो ।

– विद्यालयको निरन्तर उन्नति र प्रगतिमा प्रकाशबहादुर कार्की, एकराज निरौला, सोमनाथ भट्टराई, डिल्लीराज दाहाल, थानेश्वर भट्टराई, निलम कुमार ओझा, होमराज दाहाल, नवराज दाहाल, दिपेन्द्र पाण्डे, भुपाल ढटाल, खड्ग बहादुर भट्टराई, मानबहादुर गुरुङ, गोपाल खड्का, गंगामाया साँवा आदिको विशेष भूमिका रहेको थियो ।

– प्रथम पटक २०६७ सालमा एस.एल.सी. परीक्षामा विद्यार्थीहरुलाई सहभागी गराई ५०% विद्यार्थीहरु डिस्टिङ्सन तथा बाँकी प्रथम श्रेणीमा उत्तीर्ण गराउन सफल भई पथरीशनिश्चरे क्षेत्रकै उत्कृष्ट विद्यालयको रुपमा परिचित भएको थियो ।

आफ्ना कक्षाका साथीहरुसँग निश्चल ।

सम्बन्धित खवर