वाल्मीकिद्वारा बधाई, विदाई तथा शुभकामना कार्यक्रम - Crazysaptahik.com

वाल्मीकिद्वारा बधाई, विदाई तथा शुभकामना कार्यक्रम

क्रेजी संवाददाता
पथरी । पथरीशनिश्चरे वडा नं. २ मा स्थापित वाल्मीकि मेमोरियल आवासीय माविले ‘बधाई, विदाइ तथा शुभकामना कार्यक्रम’को आयोजना गरेको छ ।
शनिबार हरियाली सामुदायिक वन लि. को सभाहलमा भएको कार्यक्रममा विद्यालयले २२ औं ब्याच अन्तर्गतका छात्र छात्राहरुका लागि सो कार्यक्रम आयोजना गरेको हो । शैक्षिक शत्र –२०७९ मा अध्ययन गरेका ७७ जना विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिकाका शिक्षा शाखाका अधिकृत नवीन खुलाल बुढाथोकीले भर्खरै प्रकाशित भएको एस ईई परीक्षा उत्तीर्ण विद्यार्थीहरूको आगामी उज्वल भविष्यको लागि हार्दिक शुभकामना व्यक्त गर्दै संख्यात्मक हिसावले वाल्मीकिले उत्कृष्टता हासिल गरेको बताउनुभयो ।

विद्यालयका संस्थापक तथा निर्देशक नवलकिशोर खनालको अध्यक्षतामा भएको दीक्षान्त समारोहमा प्याव्यन कार्य समिति पथरीशनिश्चरका सचिव सन्तोष बस्नेतले आफ्ना नानीबाबुहरूको भावी शिक्षाको लागि अभिभावकहरूले विशेष ध्यान पु¥याउन अनुरोध गर्नुभयो । स्वागत मन्तव्यका क्रममा उत्तीर्ण विद्यार्थीहरुको नाम सहित शिक्षक टंकप्रसाद भट्टराईको ‘तेरे नाम’ कविता प्रस्तुतिले कार्यक्रमको महोलमा छुट्टै रौनकता थपिएको थियो ।
यस्तै प्रिन्सिपल चन्द्रप्रसाद दुलालले शिक्षक शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूले यस्तो राम्रो नतिजा ल्याउन विशेष योगदान पुर्याएको भन्दै सम्मान तथा प्रशंसा प्रदान गर्नुभएको थियो । उक्त अवसरमा विद्यालयको तर्फबाट सर्वोत्कृष्ट स्थान हासिल गर्ने छात्रा ज्योति यादव ३.८५ जीपिए ल्याएकी ज्योति यादव सहित ७७ जना विद्यार्थीहरुलाई दिक्षित गरिएको थियो । कार्यक्रमको बीच बीचमा विद्यार्थीहरुको गायन, झाँक्री, थारू नृत्यहरू लगायतका विभिन्न प्रस्तुतिले उपस्थित सबैमा मनोरञ्जन प्रदान गरेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.