जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण - Crazysaptahik.com

जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण

ईस्वर दुलाल
पथरी । पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खर्च गरेर आफ्नो जन्म दिन मनाउने चलन बढिरहेको छ ।
जन्मदिनमा केक काट्ने साथीभाइलाई जम्मा गरी पार्टीको आयोजना गर्ने प्रचलन बढ्दो छ ।

तर, पथरीशनिश्चरे १ नगरपालिका लाइन च्वाईज कलेक्सनका संचालक उमेश बरालले भने आफ्नो जन्मदिनको अवसरमा श्री सुन्दर बाल विकास केन्द्रका बालबालिकाहरूलाई शैक्षिक सामाग्री वितरण गरेर जन्म दिन मनाउनु भएको छ ।
उहाँले बाल विकास केन्द्रमा अध्ययनरत २२ जना छात्र र छात्राहरुलाई ब्याग, कापी, पेन्सिल, कलम सहित चकलेट वितरण गरेर जन्मदिन मनाउनु भएको हो । शिक्षिका रिना गुरुङे बराललाई जन्मदिनको शुभकामना दिदै उहाँले गर्नुभएको सामाजिक कार्य सबैले गरे सामाजिक क्षेत्रहरूमा टेवा पुग्ने बताउनुभयो ।

सम्बन्धित खवर