लर्ड बुद्धद्वारा गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति हस्तान्तरण कार्यक्रम - Crazysaptahik.com

लर्ड बुद्धद्वारा गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति हस्तान्तरण कार्यक्रम

क्रेजी संवाददाता
पथरी । पथरीशनिश्चरे–२ बुद्धचौकमा स्थापित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाले गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति हस्तान्तरण कार्यक्रम गरेको छ ।

हरेक वर्ष संस्थाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । आज पथरी शनिश्चरे वडा नं.७ का जिना विसुङ्खे र असन गिरीलाई घरमै गएर संस्थाको तर्फबाट नगद रु. १५÷१५ हजारका दरले प्रदान गरिएको हो । संस्थाका तर्फबाट एक जना र शेयर सदस्य गोपाल काफ्लेद्वारा स्थापित अक्षयकोषबाट एक जनालाई सो रकम हस्तन्तरण गरिएको हो ।

वडा नं ७ स्थित आफ्नी फुपु सीता गिरीको घरमा बसेर चन्द्र किरातेश्वर माविमा अध्ययन गरी एसईई परीक्षामा उत्तीर्ण छात्रा गिरी र विसङ्खेलाई आगामी दिनहरुमा उज्वल शिक्षाको लागि संस्थाको अध्यक्ष धनराज राई (अमीर) र पत्रकार गोपाल काफ्लेले संयुक्त रुपमा सो रकम हस्तान्तरण गरिएको थियो ।
हाल यी दुवै विद्यार्थीले पथरीशनिश्चरे १ मा रहेको पञ्चायत नमूना माध्यमिक विद्यालयले संचालित विज्ञान विषयमा अध्ययन गर्न सुरु गरेका छन् । चन्द्र किरातेश्वर माविका प्रधानाध्यापक र्हकराज जिमीले संस्थाले सही विद्यार्थीलाई छनौट गरेको धन्यवाद संस्थाप्रति धन्यवाद ज्ञापन गरेका थिए ।
सो कार्यक्रममा संस्थाका व्यवस्थापक गणेश बाछाना राई, सचिव महेन्द्र ढुंगाना, कोषाध्यक्ष दोर्ण खड्का, चन्द्र किरातेश्वर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीहाङ राई, वडा नं ७ का वडा सदस्य सपना राई, समाजसेवी विरोज मगर लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर