नगरमा शान्ति सुरक्षा विषयक छलफल - Crazysaptahik.com

नगरमा शान्ति सुरक्षा विषयक छलफल

क्रेजी संवाददाता
पथरी । पथरी शनिश्चरे नगरपालिकामा दिनदहाडै चोरीका घटना हुन थालेपछि नगरपालिकाले शान्ति सुरक्षा विषयक छलफल कार्यक्रम गरेको छ ।
आज नगर प्रमुख मोहन प्रसाद तुम्वापोले इलाका प्रहरी कार्यालय पथरीका प्रमुख लक्ष्मीप्रसाद भण्डारी, सशस्त्र वेश क्याम्पस शनिश्चरेका इन्सपेक्टर निराजन कार्कीसँग शान्ति सुरक्षाको विषयमा छलफल गर्नुभएको हो ।
पथरीशनिश्चरे क्षेत्रमा दिनदहाडै चोरीका घटना र ग्याङ फाइट हुन थालेपछि यस किसिमको घटनालाई कसरी न्यूनिकरण गर्ने भन्ने विषयमा घनिभूत छलफल भएको थियो । छलफल पश्चात् अब उप्रान्त नगरका मुख्य मुख्य सडक चौक र अलि भिडभाड हुने स्थानहरूमा सुरक्षा सतर्कता बढाइने भएको छ । यस्तै लागूऔषध नियन्त्रणका लागि वडा वडामा विशेष कार्यक्रम र सुरक्षा बढाइने भएको छ ।

सम्बन्धित खवर