नेपाली म्यारिड ग्रुपको तेस्रो वार्षिक उत्सव बाल आश्रमलाई सहयो - Crazysaptahik.com

नेपाली म्यारिड ग्रुपको तेस्रो वार्षिक उत्सव बाल आश्रमलाई सहयो



पबित्रा ढुङ्गाना
पथरी ।
माईतीघर नेपाली म्यारिड ग्रुपले तेस्रो वार्षिक उत्सव धुमधाम मनाएको छ । ग्रुपले शनिबार ईटहरी स्थित निःसहाय बाल आश्रममा सहयोग गर्दै केक काटेर वार्षिक उत्सव मनाएको हो ।

सामाजिक कार्यमा सक्रिय सो ग्रुपले आफ्नो तेस्रो वार्षिकोत्सवको अवशरमा निःसहाय बाल आश्रमलाई खाद्य सामाग्री सहित नगद १७ हजार २ सय ९५ सहयोग प्रदान गर्नुको साथै ग्रुपमा धेरै साथीहरु ईन्भाइट गरी माईतीघर परिवारलाई बढाउन मद्दत गर्नु हुने टप थ्रि भित्र पर्न सफल क्रमशः जानुका सुबेदी, सुनिता पोखरेल र रितु कटुवाललाई सम्मान समेत गरेको थियो ।

ग्रुपमा भएको आय व्यय विवरण ग्रुपकी फाउन्डर तथा कार्यक्रम ब्यवस्थापक रमा कुलुङ्गले प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा ग्रुपको सुनसरी जिल्ला फाउन्डर प्रजिता पोखरेलको सभापतित्वमा भएको थियो भने प्रमुख अतिथि समाजसेवी आश्रमकी जन्मदाता गिता गौतम, नेपाल सरकार गृहमन्त्रालय कारागार कार्यलय सुनसरी झुम्काकी जमुना पोखरेल,महिलाहरुलाई शिपमुलक तालीमको प्रशिक्षकको भुमीका निर्वाह गर्दै आत्मनिर्भरता तर्फ अघि बढाउदै आउनु भएकी सुस्मा थापा, स्वास्थ र समृद्धि सम्बन्धि जनचेतना मुलक कार्यक्रम गर्दै आउनुभएकि भगवती पौडेल ।

कार्यक्रममा इटहरी, धरान, झुम्का, बिराटचोक, बिराटनगर, पथरीशनिश्चरे लगाायतका ४० भन्दा बढि सदस्यहरुको उपस्थिति थियो । ग्रुपको उत्सव देशका विभिन्न ११ ठाउँमा काठमाडौं, पोखरा, नुवाकोट, हेटौंडा, चितवन, बुटवल, लालबन्दी, उदयपुर, इटहरी, दमक बिराटनगरमा एकसाथ मनाईएको थियो ।
मेची देखि महाकाली, देश देखि बिदेशमा रहनुहुने दिदिबहिनीहरुको मनमा गुम्सिएका तर इज्जतका डरले दबिएका पिडाहरुलाई सबै माझ पोख्ने र रमाइलो गर्ने चौतारी बनोस भन्ने उदेश्यले एक बाट शुरूवात भएको सो ग्रुपमा तीन वर्ष भित्र १९ हजार ६ सय भन्दा बढि सदस्यहरु रहेका छन् ।

मनोरञ्जन मात्र नभई आज सम्म यस ग्रुपले विभिन्न जिल्लाहरुमा पिडित, रोगी दिन दुखिहरुलाई सहयो गर्दै आईरहेको छ ।  कार्यक्रममा ग्रुपले सहयोग गर्दा गर्दै बिरामीहरुको उपचारको क्रममा निधन भएकाहरुलाई सम्झीदै आत्माको चिर शान्तीको कामना समेत गरेको थियो ।

सम्बन्धित खवर