बढ्दै डेंगु संक्रमण, धरानमा तीन महिनामा ६ जनाको मृत्यु - Crazysaptahik.com

बढ्दै डेंगु संक्रमण, धरानमा तीन महिनामा ६ जनाको मृत्यु

क्रेजी संवाददाता
मोरङ । सुनसरीको धरानमा डेंगु संक्रमणबाट बिरामी पर्नेको संख्या बढ्दै गएको छ । जसअनुसार तीन महिनामा धरानमा डेंगु संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना पुरुष र ३ जना महिला रहेका छन् ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानमा डेङ्गु सङ्क्रमणको दर बढ्दै गएको छ । सर्वसाधारणको ज्यान जाने गरी महामारीको रुपमा फैलिएको डेंगु रोगको संक्रमण नियन्त्रण गर्न तीनै तहका सरकारले चासो भने देखाएका छैनन् । समयमै डेंगु नियन्त्रण नहुँदा धरानमा दैनिक बिरामीको संख्या वृद्धि भएको छ ।
धरानमा अहिलेसम्म ५ हजार बढी सर्वसाधारणलाई डेंग संक्रमण देखा परेको छ । धेरैजसो संक्रमितहरू निको भइसकेका छन् । दैनिक डेंगु संक्रमित हुनेको संख्या पनि दुई सय बढिरहेको छ ।
डेंगुका चार प्रकार मध्ये क्लासिक सामान्य र मृत्युको सम्भावना कम हुने धेरै अवस्थामा आफंैँ निको पनि हुन्छ । चिकित्सकका अनुसार एकपटक सामान्य लक्षण देखिएर निको भए पनि दोस्रोपटक संक्रमण हुँदा डेंगु ह्यामरेजिक सक सिम्ड्रोमको अवस्था देखिन सक्छ । डेंगु ह्यामरिङ, डेंगु सक सिम्ड्रममा समयमै उपचार नगरे मृत्यु हुने सम्भावना बढी हुन्छ । संसारमा डेंगु संक्रमण भएका १० प्रतिशत मानिसमा ह्याम्रेज र सकको अवस्थामा पुग्छन् ।

सम्बन्धित खवर