महिला विश्वकप : नर्वे र स्विट्जरल्यान्डले अंक बाँडे - Crazysaptahik.com

महिला विश्वकप : नर्वे र स्विट्जरल्यान्डले अंक बाँडे

काठमाडौं । महिला विश्वकप फुटबल प्रतियोगितामा मंगलबार नर्वे र स्विट्जरल्यान्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । उक्त नतिजापछि स्विट्जरल्यान्ड चार अंकसहित समूह ‘ए’ तालिकाको पहिलो स्थानमा छ ।

स्विट्जरल्यान्डले आफ्नो पहिलो खेलमा फिलिपिन्सलाई २—० गोलले हराएको थियो । आयोजक न्युजिल्यान्ड तीन अंकसहित तालिकाको दोस्रो स्थानमा छ । आफ्नो पहिलो खेलमा न्युजिल्यान्डले नर्वेलाई १—० गोलले हराएको थियो । न्युजिल्यान्ड आफ्नो दोस्रो खेलमा भने फिलिपिन्ससँग १—० गोलले पराजित भएको थियो ।

फिलिपिन्स तीन अंकसहित तालिकाको तेस्रो स्थानमा आसिन छ । नर्वे भने एक अंकसहित चौथो स्थानमा छ । उक्त समूहमा सबै टोलीले दुई–दुई खेल खेलिसकेका छन् ।

समूहगत चरणको आफ्नो अन्तिम खेलमा स्विट्जरल्यान्डले ३० तारिखमा न्युजिल्यान्डको सामना गर्नेछ । सोही दिन नर्वे र फिलिपिन्सबीच अर्को खेल हुनेछ ।

सम्बन्धित खवर