क्रेजी संवाददाता
पथरी । पथरी शनिश्चरे ४ मा स्थापित भागिरथ माध्यमिक विद्यालयमा विद्यालय सुधार योजना अन्तर्गत एक दिने कार्यशाला सम्पन्न भएको छ ।
शनिबार विद्यालयमा आयोजित कार्यशालामा सबल पक्ष, सुधारात्मक पक्ष, अवसर र चुनौतीहरूको बारे समुहगत प्रस्तुती भएको थियो ।
कार्यशालामा विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक संरचना विकास, तथा सामुदायिक सहभागिताको महत्त्वका बारेमा छलफल गरिएको थियो । सहभागीहरूले विद्यालय सुधारका लागि विभिन्न योजनाहरू र रणनीतिहरू पनि प्रस्ताव गरेका थिए ।
कार्यशालामा प्राप्त सुझाव र सल्लाहलाई आधार मान्दै विद्यालयले आगामी दिनमा सुधारका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको विद्यालयकी प्राधानाध्यापक जानकी चेम्जोङले जानकारी दिनुभयो ।
कार्यक्रममा पथरी शनिश्चरे नगरपालिका शिक्षा शाखाकी बिना मिश्र वडा नं. ४ का वडाध्यक्ष लोक किरण न्यौपाने, कार्यपालिका सदस्य कल्पना श्रेष्ठ, विद्यालय व्यवस्थाप समिति अध्यक्ष पर्शु कार्की, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष गंगा साँवा लगायतको उपस्थिति रहेको थियो ।