क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा विस्तारका लागि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
पथरी शनिश्चरे नगरपालिका स्वास्थ्य शाखाले आज नगरमा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा विस्तारका लागि १ दिने अभिमुखीकरण कार्यक्रम गरेको हो । नगरको जनस्वास्थ्य अधिकृत जगतप्रसाद मगरको अध्यक्षतामा भएको सो अभिमुखीकरण कार्यक्रमको सहजीकरण रामथान गाउँपालिका सिधाराहाका जनस्वास्थ्य निरीक्षक धर्मेन्द्र संग्रौलाले गर्नुभएको थियो ।
कार्यक्रममा पथरी नगर अस्पतालका डा. स्वयं उप्रेमी, नगरको १० वटै वडाका स्वास्थ्यकर्मी र नगर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वास्थ्य संस्थाका विशेषताहरु, सेवाप्रदायक स्वास्थ्यकर्मीमा हुनुपर्ने विशेषताहरु, सूचना शिक्षा र सञ्चार तथा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा पोस्टरहरुको बारेमा प्रष्ट पारिएको थियो ।
भोलि (मंगलबार)देखि नै नगरको आधारभूत स्वास्थ्य चौकी, वडाको स्वास्थ्य संस्था र अस्पतालमा किशोर किशोेरी मैत्री स्वास्थ्य सेवा सुचारु हुने सि.अ.हे.व. एकराज खत्रीले जानकारी दिनुभयो ।