कानेपोखरी गाउँपालिकाको बजेट सार्वजनिकीकरण - Crazysaptahik.com

कानेपोखरी गाउँपालिकाको बजेट सार्वजनिकीकरण

क्रेजी संवाददाता
कानेपोखरी । कानेपोखरी गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम बजेट पत्रकार सम्मेलन मार्फत् सार्वजनिकीकरण गरिएको छ ।
आज गाउँपालिकाको अध्यक्षको कार्यकक्षमा भएको पत्रकार सम्मेलनमा १६ औं गाउँसभाबाट पारित ६५ करोड ५७ लाख २५ हजार रुपैयाँको वार्षिक बजेट सार्वजानिक गरेको हो ।
सो पत्रकार सम्मेलनमा गाउपालिकाको आर्थिक विधेयक, विनियोजन विधेयक, जलस्रोत उपयोग तथा व्यवस्थापन सर्वेक्षण ऐन, अघिल्लो आर्थिक वर्ष २०८०/२०८१ मा भएका गाउँ कार्यपालिकाको बैठकका निर्णयहरू अनुमोदन गरिएको गाउपालिकाका प्रवक्ता सुशील बुढाथोकीले जानकारी दिनुभयो ।
सोही क्रममा प्राविधिक विधामा रोजगारी, कानेपोखरीका छोराछोरी, सासुको इच्छा बुहारीलाई शिक्षा, छात्रासँग अध्यक्ष कार्यक्रम, नागरिक सहायता, घरमै गएर जन्मदर्ता अभियान, भूमि सम्वन्धीको कार्य, कोशेली घर निर्माण, कानेपोखरी सञ्चार कार्यक्रम र विशेषगरी गाउँपालिकाले स्थानीय गुन्द्रकलाई ब्रान्डिङ गरिरहेको र पुनः सो को लागि बजेट विनियोजन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नहरुको गाउँपालिका अध्यक्ष राजमति इङ्नाम, प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादव, र प्रवक्ता सुशील बुढाथोकीले उत्तर दिनुभएको थियो ।
वडा नम्बर ३ का वडाध्यक्ष गोपाल कार्की, वडा नम्बर ७ का मोहनप्रसाद अधिकारी, सूचना अधिकारी गोविन्द प्रसाद फुएल, विभिन्न विषयगत शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर