क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको मुख्य बजार क्षेत्रमा अटो÷सिटी सफारी रोक्न बक्स स्टेशन निर्माण कार्य सुरु गरिएको छ ।
आजबाट पथरी बजार लाइनमा अटो÷सिटी सफारी बक्स स्टेशन निर्माण गरिएको हो । नगरपालिका, वडा कार्यालय, बजार व्यवस्थापन समितिको संयुक्त बैठक पश्चात् सो कार्यलाई अगाडि बढाइको बताइएको छ । अब उप्रान्त सो बक्स स्टेशनमा नरोकी जथाभावी रोकेमा ५ सय, १ हजार र १५ सय सम्म जरिवाना गरिने नगर प्रहरीका हवल्दार बलबहादुर गौतमले जानकारी दिनुभयो । विशेष गरेर यस कार्यमा नगर प्रहरी सक्रियताका साथ लागिपर्नु भएको छ ।