क्रेजी संवाददाता
पथरी । सामुदायिक वन उपभोक्ता महासंघ मोरङले डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेलाई भव्य रुपमा बिदाइ गरेको छ ।
वि.सं. २०४३ सालबाट सरकारी सेवामा रहेर २०८० देखि डिभिजन वन कार्यालय मोरङका वन अधिकृतको रुपमा कार्यरत उनले साउन १९ गतेबाट अवकाश लिदैछन् । सोमबार पथरीशनिश्चरे वडा नं १० मा रहेको डाँस मोरङ्गी सामुदायिक वनको सभाहलमा बिदाइ कार्यक्रमको आयोजना गरी उनलाई बिदाइ गरिएको हो ।
सामुदायिक वन उपभोक्ता महासंघ मोरङका कार्यवाहक अध्यक्ष तथा डाँस मोरङ्गी सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष मदन पोख्रेलको अध्यक्षतामा भएको उक्त विदाइ कार्यक्रममा केन्द्रीय उपमहासचिव सीता स्रेष्ठ र सामुदायिक वन उपभोक्ता महासंघ कोशी प्रदेश महासचिव रेनुका दाहाल, प्रदेश कमिटि सदस्य अग्नि पौडेल, ऐनकुमारि दाहाल, र सुनिता तामाङलगायतका अतिथिहरूले आफ्ना मन्तव्य व्यक्त गरेका थिए ।
सामुदायिक बन उपभोक्ता महासंघ पथरीशनिश्चरेकि नगर अध्यक्ष मैनादेवि आचार्यले स्वागत मन्तव्य प्रस्तुत गर्दै घिमिरेको सेवा र योगदानको प्रशंसा गर्दै उनलाई सुखद अवकाशको शुभकामना दिएकि थिइन् । शुभकामना मन्तव्यमा, सामुदायिक बन उपभोक्ता महासंघ प्रदेश सदस्य अग्नि प्रसाद पौडेलले घिमिरेको कार्यकालको महत्वपूर्ण योगदान र प्रभावलाई औंल्याए। उनले समर्पण र मेहनतका लागि घिमिरेलाई धन्यवाद दिंदै आगामी दिनमा उनको स्वस्थ र सुखमय जीवनको कामना गरे । केन्द्रीय उपमहासचिव सीता स्रेष्ठले पनि घिमिरेको कामको उच्च प्रशंसा गर्दै शुभकामना व्यक्त गरिन् ।
नितिगत रुपमा उहाँ कानुन कार्यन्वयन गर्ने पक्षमा र सामुदायिक बन उपभोक्ता महासंघ चै सामुदायिक वन र उपभोक्ताको अधिकार स्थापित गर्ने पक्षमा रहेको हँुदा नेपालका नीतिगत वन वातावरणका कानुन मध्ये केही कानुनका बुँदाहरु उपभोक्ताको पक्षमा नभएकोले काम गर्ने क्रममा केही मतभेद भएता पनि ब्यवहारिक रुपमा सहजिकरण गर्न सफल हुनुभएको भन्दै अध्यक्ष पोख्रेलले घिमिरेको तारिफ गरेका थिए ।